काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरु नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसंगै गएका केही व्यक्तिहरु नफर्किएको बताएकी थिइन् । त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसदलाई जानकारी गराउन समेत चुनौती दिए ।
बैठकमा सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरुले आपत्ति जनाएका थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसंग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुले दिनुपर्ने बताए ।
त्यस्तै उनले सरकारको दबाबमा संसदको कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे ।