काठमाडौँ – बाग्मति प्रदेशमा पछिल्लो समय नेपाली कांग्रेसको वर्चस्व दिनानु दिन बढ्दै गएको देखिन्छ । ईन्द्र बहादुर बानियाँ सभापति भएपश्चात् प्रदेशमा कांग्रेसको लोकप्रिय बढ्दै गएको हो ।


ADVERTISEMENT


विगतलाई नियाल्ने हो भने, २०७४ सालको स्थानीय तह निर्वाचनमा बागमती प्रदेशमा नेपाली कांग्रेसको उपस्थिति कमजोर देखिएको थियो। पार्टीले नगर तथा गाउँपालिका प्रमुख तथा उपप्रमुख पदमा जम्मा २५ प्रतिशत हाराहारीको जीत हासिल गरेको थियो। तर त्यो हारको अध्याय भने लामो समयसम्म टिकेन। नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि बागमती प्रदेशको नेतृत्व सम्हाल्न आएका बानियाँले पार्टीको अवस्थालाई नयाँ मोड दिए । जसको परिणामतः २०७९ को स्थानीय निर्वाचनमा कांग्रेस ४९ प्रतिशत नजिकको विजयमा उभिन सफल भयो।


ADVERTISEMENT

# # #


राजनीतिलाई मानवततसंग जोडेर हेर्ने बानियाँको नेतृत्वमा कांग्रेसले केवल संगठनको पुनर्निर्माण गरेन जनता माझ आफ्नो गुमाउँदै गएको विश्वाससमेत पुनःस्थापित गर्‍यो। उनले जिम्मेवारी लिएको पहिलो दिनदेखि नै संगठनलाई तल्लो तहसम्म पुनः सक्रिय तुल्याउने, कार्यकर्तालाई परिचालित गर्ने र जनतासँग संवाद पुनःस्थापित गर्ने कार्यलाई प्राथमिकता दिए।

‘अब्बल संगठनकर्ता र राजनीतिक रणनीतिकार’

बानियाँका निर्णयहरू योजनाबद्ध, समयसापेक्ष र नतिजामुखी रहँदै आएका छन् । उनको उम्मेद्वार चयन प्रक्रियाका साथै कार्यकर्ताको मनोबल बूस्ट गर्ने, तल्लो तहसम्म चुनावी तयारीको प्रशिक्षण दिने र असन्तुष्ट स्वरलाई समेट्ने काममा नेतृत्वले जनताको मन जित्दै आएको छ ।

त्यसैको परिणामस्वरूप, पाँच वर्षअघिसम्म २५ प्रतिशतमा सीमित रहेको पार्टी आज बागमती प्रदेशमा ४९ प्रतिशत हाराहारीको स्थानमा पुग्न सफल भएको छ । यो केवल अंकको अन्तर मात्र नभई दृष्टिकोण र नेतृत्वको अन्तर पनि हो ।

बानियाँ अहिले पार्टीभित्र एक कुशल रणनीतिकार, संगठक र जनसरोकारमा भरोसाको प्रतीकको रूपमा स्थापित छन्। कार्यकर्तामाझ उनको छवि ‘असल राजनेता’को रुपमा स्थापित छ ।

बागमती प्रदेशमा कांग्रेसले देखाएको यो ऐतिहासिक फड्को बानियाँको दूरदर्शी योजना, जनप्रतिनिधिका छनोटमा चातुर्यता, र संगठनप्रतिको समर्पणबिनाको सम्भव नभएको जानकारकहरु बताउँछन् ।