काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेकी छन् । नेकपा एमालेमार्फत सक्रिय राजनीतिको ढोका बन्द भएपछि पूर्वराष्ट्रपति भण्डारीले आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेकी हुन् ।


ADVERTISEMENT


राजनीतिमा फर्किन पूर्वराष्ट्रपति भण्डारीले सक्रियता देखाएकी थिइन् । त्यसका लागि एमाले अध्यक्ष केपी शर्माओलीसँग वान टु वान भेटवार्ता समेत गरेकी थिइन् । तर, अधयक्ष ओली सहयोग गर्न तयार भएनन् ।


ADVERTISEMENT

# # #


केही दिन अघि बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किँदा राजनीतिक व्यवस्थाप्रति नै प्रश्न उठ्ने भन्दै उनलाई पूर्वराष्ट्राध्याध्यक्षकै हैसियतमा बस्न सुझाव दिएको थियो । त्यससँगै उनको एमाले राजनीतिमा फर्किने बाटो अन्त्य भएको थियो भने एक वर्षअघि नवीकरण गरिएको भनिएको पार्टी सदस्यमा समेत अवैध बनेको थियो ।

पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण हुर्नुहोस् ।