काठमाडौँ – पूर्वराष्ट्रति विद्यादेवी भण्डारीले कुनै पदप्रतिको आशक्ति नभई देश जनताको सेवा गर्ने आकांक्षासहित आफू राजनीतिमा आउन चाहेको बताएकी छन् । शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय सक्रिय राजनीतिमा फर्किन गरेको प्रयासबारे आफ्नो धारणा राखेकी हुन् ।


ADVERTISEMENT


उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नभएको बताइन् । राजनीतिमा फर्किने चाहना राख्नुमा पदप्रतिको लालसा नभई देश र जनताको सेवा गर्नुरहेको उनको जिकिर छ ।


ADVERTISEMENT

# # #


‘यो संवैधानिक अधिकार मात्रै होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन आफ्नो पार्टीमा र राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा म पुगेको हुँ ।’ उनले भनिन्, ‘कुनै पदप्रति लालसा, महत्वआकांक्षा वा आशक्ति ममा छैन । किनकै राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु ।’

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आवद्ध हुने मौलिक हकका रुपमा प्रत्याभूत गरेको बताउँदै उनले राजनीतिमा आउने आफ्नो प्रयास अवैधानिक वा अनैतिक नरहेको स्पष्ट पारिन् ।