काठमाडौँ – एनसेलको ‘सधैँ करोडपति’ योजनाको विजेता बनेकी नगद पुरस्कार प्रदान गरिएको छ । एनसेलले ल्याएको गरेको ‘सधैँ करोडपति’ योजनामा सहभागीहरुका भएकाहरुको लागि गरिएको ‘लक्की ड्र’ मा धादिङको गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्की बनेकी थिइन् ।


ADVERTISEMENT


पार्वती असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैँ करोडपति’ योजनामा सहभागी भएकी थिइन् । जसमा उनले एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्न सफल भएकी हुन् । शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच एनसेलले विजेता कार्कीलाई नगद पुरस्कार प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताए ।

“मैले जीवनमा कैयौँ दुखहरू भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको सङ्घर्षको परिणाम स्वरूप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु”, उनले भनिन् ।

एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

जब भईँ मान्छेलाई एनसेलले बनायो करोडपति

गाउँमा सामान्य खेतीपाती गर्ने पार्वती आज एकाएक करोडपति बनेकी छन् । स्वास्थ्य स्वय्सेविका समेत रहेकी पार्वतीका उनका श्रीमानलाई वैदेशिक रोजगारीमा रहेका छन् ।

करोडपति विजेता घोषणा भएका दिन एनसेलले उनलाई उक्त जानकारी दिन फोन सम्पर्क गरेको थियो । दिनभर प्रयास गर्दा पनि उनको फोन उठेन । होस् पनि कसरी, किनकी उनी दिनभर रोपाईंमै व्यस्त थिइन् । बल्ल साँझपख उनीसँग सम्पर्क भयो ।

एनसेलले उनलाई एक करोड जितेको खबर सुनाउँदा उनले पत्याउन सकिनन् । उनलाई लाग्यो, कसैले उनीमाथि ठठ्टा गरिरहेको छ । तर, यो ठट्टा नभई वास्तविकता थियो । ‘सुरुमा त यहाँबाट (एनसेल) म्याडमहरूले फोन गर्नुभाथ्यो, यस्तो प्राइज छ, यति छ भन्नुभयो’ उनले भनिन्, ‘सुरुमा त मैले पत्याइनँ ।’ लामो समय एनसेलका प्रतिनिधिसँगको कुराकानी र छिमेकीहरुले सम्झाएपछि उनले बल्ल विश्वास गरिन् ।

यसबारे थप बुझ्न उनी काठमाडौँस्थित एनसेलको प्रधान कार्यालय पुगिन् । त्यहाँ पुग्दा उनलाई एनसेलका कर्मचारीले बधाई दिँदै खुसी साँटे । पार्वतीले आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् । फेरी असारको तेस्रो साता ९९ रुपियाँमा ‘बेसिक रिन्युअल’ प्याकको सीम किनेकी थिइन् । त्यही सिमले उनलाई करोडपति बनाएको छ ।

नगद पुरस्कारबाट उनले आफ्नै केही व्यवसाय सुरु गर्ने योजना बनाएकी छन् ।