काठमाडौँ– डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना “खुशीको बोनस – ३६५ दिन नै बोनस!” सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की-ड्र  मा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन् ।


ADVERTISEMENT


विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन् ।


ADVERTISEMENT

# # #


डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको हो ।

विजेताको घोषणा हरेक हप्ता साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा गरिनेछ ।

जडान वा रिचार्ज गर्ने तरिका:

नयाँ जडानका लागि: नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५  मा सम्पर्क गर्नुहोस्।
रिचार्जका लागि: खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्नुहोस् ।

उपलब्ध वार्षिक प्याकेजहरू:

  • एमबिपिएस- प्रति वर्ष रू. ८,५००/- (भ्याट सहित)
  • २०० एमबिपिएस- प्रति वर्ष रू. ११,५००/- (भ्याट सहित)
  • ३०० एमबिपिएस- प्रति वर्ष रू. १३,५५० /- (भ्याट सहित)
  • नयाँ जडान को लागी थप रु.११३० /- (भ्याट सहित) लाग्नेछ ।

डिशहोम सधैं ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धतासाथ अघि बढ्दै आएको छ। “३६५ दिन बोनस ” योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउनेछ।