काठमाडौँ– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुन् । उनले आफुहरु सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुनमात्रै सातबुँदे सहमति नभएको स्पष्ट पारे ।
कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधिबिधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसलाई बिभिन्न चूनौति सामना गर्न सक्ने गरि पार्टीको नेतृत्व गर्ने चाहना रहेको बताए ।
सिंहले आफु पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सवै पदमा पुगेकाले आफुसंग भएका अनुभव सवैलाई बाड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गरे ।
































































