काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दलले निरन्तर विरोध गर्दा समेत जबरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति जनाएको छ ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद रोशन कार्र्कीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन बनाउनुपर्ने माग राख्दै लामो समयदेखि सदनमा विरोध जनाएपछि जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति प्रकट गरे ।


ADVERTISEMENT

# # #


उनले सदनमा देखिएको समस्या समाधान गरेरमात्रै सदन चलाउन सुझाव दिए । सांसद कार्कीले सरकार संसदप्रति उत्तरदायि हो वा संसद सरकारप्रति उत्तरदायि हो भन्दै प्रश्न गरे ।

भिजिट भिसाको विरोधी आफुहरु नभएपछि भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने काम भएकाले त्यसको विरोध गरेको उनले बताए ।

उनले यस विषयमा छानविन समिति गठन नभएसम्म आफुहरुको विरोध कायमै रहेको स्पष्ट पारे ।