रूपन्देही — राष्ट्रिय मानव अधिकार आयोगको एक उच्चस्तरीय टोलीले रूपन्देही जिल्ला कारागारको अनुगमन गरेको छ। टोलीले कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको अवस्था र सुविधाबारे स्थलगत जानकारी लिएको हो।


ADVERTISEMENT


आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, मानव अधिकार संस्था इन्सेककी प्रतिनिधि रिमा बिसी लगायतको टोलीले कारागारको ब्लक नम्बर ४ मा रहेका लामिछानेलाई भेटेका छन्।


ADVERTISEMENT

# # #


हालैका दिनमा लामिछानेको बसोबास, सुविधा तथा कारागार व्यवस्थापन सम्बन्धी विभिन्न समाचार सार्वजनिक भइरहेका सन्दर्भमा आयोगको टोली कारागार पुगेको हो। टोलीले कारागारको समग्र अवस्था, मानव अधिकारका पक्षहरू तथा बन्दीको अवस्था अवलोकन गरेको जनाइएको छ।

अनुगमनका लागि पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले कारागार परिसरभित्र प्रवेश गर्न रोक लगाएका थिए।