कञ्चनपुर– जिल्लामा छाउगोठ भत्काउने अभियान चलाइएको छ। कृष्णपुर नगरपालिका १ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान चलाउन आग्रह गरेको थियो।
सोहीअनुसार कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकामा छाउगोठ भत्काउने अभियान चलाइएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार अहिलेसम्म कृष्णपुर र बेदकोटमा ३९ छाउगोठ भत्काइएको छ।
१० साउनमा बेदकोट नगरपालिका वडा नम्बर १० मा २३ र २७ साउनमा कृष्णपुर नगरपालिका–१ निगाली, भिन्टी बजारमा १६ गरी ३९ छाउगोठ भत्काइएको उनले बताए।


























































