काठमाडौँ– सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजनेस र डायस्पोरा समितिका सभापति, साथै नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेनमार्कस्थित नेपाली राजदूत सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ।
उक्त भेटमा विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न आवश्यक रणनीतिहरुमा चर्चा गरिएको थियो। साथै, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले औपचारिक नेटवर्क निर्माण गर्ने विषयमा पनि विचारविमर्श भयो।
यससँगै साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक रिट्रीटको लागि नेपाललाई विश्वका प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि विस्तृत छलफल गरिएको थियो।


























































