काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् । मर्यादाक्रम फेरबदल गरेर ७औँ नम्बरमा रहेकी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो नम्बरमा बढुवा भएकी हुन् ।
उनको मर्यादाक्रम सुधार भएसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मर्यादाक्रममा तल परेका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको मर्यादाक्रम अनुसार खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ मर्यादाक्रममा रहेका छन् ।
१७ सदस्यीय मन्त्रिपरिषद्मा अन्य मन्त्रीको मर्यादाक्रम भने यथावत् राखिएको छ ।




























