काठमाडौं  – ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।


ADVERTISEMENT

# #


ईनमसँगको सम्बन्ध र आर्थिक कारोबारबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले महेश श्रेष्ठ र सुशील भट्टलाई समेत पक्राउ गरेको थियो । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

प्रहरीले ईनममाथि राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ । यस्तै, श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।


ADVERTISEMENT

#
#


पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि ईनमलाई प्रहरीले सबैभन्दा पहिले पक्राउ गरेको थियो । त्यसपछि उनीसँगको कनेक्सन देखिएपछि अन्य दुई जना पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।