काठमाडौं– कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ५ हजार ९ सय रुपैयाँमा करोबार भइरहेको छ ।
यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



























































