काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनको विज्ञप्तिमा उल्लेख भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेकको विषय उठाएर कूटनीतिक पहल गरे पनि चीनको विदेश मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नै नभएको जिकिर गरे ।

उनले दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै समयमा समाधान गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको जीएसआईमा नेपालले समर्थन जनाएको दाबी गरेको भन्दै यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए । नेपाल कुनै पनि सैन्य रणनीतिको पक्षमा उभिन नसक्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री ओलीले जीएसआईको समर्थन गरेको भए नेपाल शक्ति राष्ट्रहरुको सुरक्षा पासोमा पर्ने खतरा हुने धारणा राखे ।

त्यस्तै माओवादी सांसद लेखनाथ दाहालले लिपुलेकमा व्यपारिक सम्वन्ध विस्तार गर्ने भारत–चीनबीचको सहमति खेदजनक रहको बताए । परराष्ट्र मामिलाका विषयमा सिङ्गो देश र सिङ्गो संसद् एक ठाउँमा उभिएर पर्याप्त बहस र छलफल गरी साझा धारणा बनाउन जरुरी रहेको उनको भनाई छ ।

उनले मन्त्रिपरिषद् र संसदले एकजुट भएर सो सहमतिको विरुद्ध प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।