काठमाडौँ – एनएमबि बैंक लिमिटेड र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी सम्पन्न भएको छ । बैँकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि उक्त साझेदारी गरेको हो ।
साझेदारी मार्फत अब एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुने बैँकले विश्वास व्यक्त गरेको छ ।
साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १०% छुट पनि प्राप्त गर्नेछन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



























































