काठमाडौँ – जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागी घाइते भएका दुईजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ। उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आन्दोलन उग्रह भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ।

देशमा व्याप्त भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, नेता र प्रशासनका सन्तानको विलासिता लगाएतको विरोधमा आज देशभर जेन–जी पुस्ताले आन्दोलन गरिरहेको छन् । त्यसैक्रममा काठमाडौँमा प्रहरीको गोली लागी १५ जना बढीको मृत्युभइसकेको छ भने सयौँ घाइते भएका छन् ।