काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९ सय रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



























































