– सरोज सिटौला (वरिष्ठ उपाध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ)


ADVERTISEMENT


ताप्लेजुङ जिल्लाको फुलबारी गाविस आठराईको सिन्दुरेबारी भन्नेमा हाम्रो भेडीगोठ, जुन फुलबारी स्कुलबाट माथि लेकमा पर्छ, त्यो अत्याधिक हिँउ पर्ने ठाउँमा बिहानको समयमा विश्वकर्मा पूजाको दिन असोज १ गते पूर्बको कञ्चनजंघा हिमालबाट पाथीभरा माताको मन्दिर हुँदै आएको घामको पहिलो किरणसँगै मेरो जन्म भएको रहेछ ! यो धर्तिमा जन्म दिने मेरा माता र पितालाई यतिबेला हार्दिकताका साथ सम्झिरहेको छु, नमन गर्दछु ।


ADVERTISEMENT

# # #


यसरी, विश्वकर्मा पूजाको दिन जन्मिएकै कारणले मेरो जीवन पनि यसैमा समर्पण भयो । जन्मको संयोग र कर्मको परीस्थितिले मलाई आज यो स्थितिमा ल्यायो, त्यसमा म गर्व पनि गरिरहेको छु । २०४५ सालदेखि आजसम्म ३५ वर्ष भएछ, यातायात क्षेत्रमा भुईंबाट बामे सर्दै र संघर्ष गर्दै अघि बढेको । मैँले अरु कुनै पनि पेशा गरिनँ । मात्र मेरो शरीरको रगतरगतमा यातायात मात्रै रक्तसञ्चार भइरहेको छ ।

मेरो जन्म विश्वकर्मा बाबाकै विशेष दिनमा भएछ र कर्म पनि विश्वकर्माकै पुजा, आस्था र लगनशीलताबाटै अघि बढ्यो ।

२०४५ साल भदौ ५ गते जुन दिन नेपालमा ठूलो महाभूकम्प गयो । त्यो दिन झापाको काकडभिट्टाबाट बुद्ध ट्राभल्स नामको नाईट बसको ‘ए’ को ५ नम्बर सिटमा ९६ रुपैयाँ भाडा तिरेर देशको राजधानी काठमाडौं आएको हुँ ।

बागबजारको पुराना बसपार्कबाट मैँले मेरो कर्मलाई मजदुर क्षेत्रबाट अघि बढाएँ । यसअघि विभिन्न संघसंस्थाहरुमा २०५५ साल देखि नै आबद्ध भईयो । यसरी मजदुर, मालिक हुँदै व्यवसायीको प्रतिनिधित्वमा २०६३ साल भदौ १७, १८ र १९ गते बुटवलमा भएको यातायात महासंघको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष बनेँ । त्यसपछि तीन कार्यकाल लगातार केन्द्रीय कोषाध्यक्षका रुपमा भूमिका निर्वाह गरेँ । यसरी हर समय मैँले यातायात क्षेत्र, व्यवशाय र व्यवसायीहरुका लागि काम गरिरहेँ ।

२०४६को परिवर्तन, ०६२/६३ को जनआन्दोलन र परिवर्तन, जनयुद्ध, तराई मधेशको आन्दोलन लगायतका राजनीतिक उतार चढाबहरुलाई समेत भोग्दै समेत आईयो । म सम्झन चाहन्छु कि २०६२/६३ को जनआन्दोलनमा स्वर्गीय गिरिजाप्रसाद कोईराला सात दलको कमाण्डर हुनुहुन्थ्यो । त्यो बेलामा देशभरका यातायात सवारीहरु थन्क्याउनुहोस्, त्यसको ब्याज मिनाहा गरिदिन्छौं र मुलुकमा परिवर्तन ल्याउन सहयोग गरिदिनुस् भनेर स्वर्गीय पूर्वप्रधानमन्त्री कोईरालाले गर्नुभएको आह्वानमा हामी होमिदै संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने महान अभियानमा समेत सहभागी भयौं ।

यसरी यातायात व्यवसायीका मुद्धाहरुका विषयमा समेत निरन्तर लाग्दै आएँ । संविधानसभाबाट नयाँ संविधान आउँदै गर्दा यातायात क्षेत्रका विषयहरुलाई समेत संबोधन गर्ने अभियानमा समेत लागियो । तीन कार्यकालको कोषाध्यक्ष पछि दुई पटक लगातार केन्द्रीय महासचिब बनेर भूमिका निर्बाह गरेको । हाल वरिष्ठ उपाध्यक्षका रुपमा कर्मलाई निरन्तर अघि बढाईरहेको छु । यसरी यातायात व्यवसायीहरुको अधिकतम मुद्धाहरुमा मुलुकको जटिल राजनीतिक परिस्थितीका बावजुतमा देशको यातायात क्षेत्र हिँड्यो ।

जसले पनि आफ्ना अभिष्ट र विषयहरु उठान गर्न यातायातलाई हतियारका रुपमा प्रयोग त गरे तर हाम्रो यो पेशा ब्यवशायका लागि भने गम्भिर भएर यो विकास र अर्थतन्त्रको मेरुदण्ड अनि मुलुकको एउटा रक्तसञ्चार रहेको यातायात क्षेत्रका लागि राजनीतिक दल, नेता अनि कुनै पनि सरकारले मर्म बुझ्ने प्रयास गरेनन्, यो क्षेत्रले सबै तिरबाट बेवास्थाकै पीडा भोगिरहनु पर्यो ।

यो परिस्थितीकाबीच निरन्तर रुपमा युद्ध स्तरमा यातायात व्यवसायीहरुलाई गोलबन्द गर्दै यातायातकर्ममा लागेकाहरुको भाग्य र भविश्यको सुचिश्चितता हुनुपर्छ । जहाँ सडक, त्यहाँ विकास । ताप्लेजुङ, हुम्ला, जुम्ला देखि मेची महाकालीका जुनसुकै विकट ठाउँहरुसँग आज राजधानीको सम्पर्क जोडिएको छ । विकासको मेरुदण्ड यातायात हो, यसैबाट आर्थिक समृद्धिको यात्रा समेत अघि बढ्छ भन्ने कुराको महत्वलाई सार्थक तुल्याउनका लागि लागिरह्यौं । त्यसैले यातायात क्षेत्रको विषयलाई पूर्ण रुपमा परिमार्जनका साथ विकास गरियो भने मात्रै समग्र देश विकासको रफ्तार अघि बढ्नेछ । ममा आएको यहि सोचलाई स्थापित गर्नका लागि अनवरत लागिरहेँ ।

यातायात क्षेत्रमा मेरो ३२ वर्षे युगमा यो क्षेत्रलाई लगानी मैत्री बनाउने, यात्रुमैत्री बनाउने, पेशा गर्ने मजदुर मैत्री बनाउने यि तीनवटा विषयलाई प्राथमिकतामा राखेर नेतृत्व गरिरहेँ । यतिबेला यातायात क्षेत्रमा देशका हजारौं नागरिकहरुले अर्बाैं लगानी गरेर यातायात उद्योगका रुपमा विकास समेत भएको छ ।

मेरो जीवनमा चुनाव उठेर कहिल्यै पनि हारेको रेकर्ड पनि छैन । म सर्वप्रिय नै भईरहेँ, सबैको माया र विश्वास पाई नै रहेँ ।

मुलुकको परिस्थिति, यहाँको अराजकता, राजनीतिक अस्थितरता, महाभूकम्प, प्राकृतिक प्रकोपहरु, कोभिड महामारी, दैविप्रकोपलाई धान्दै यातायात क्षेत्रको नेतृत्व कर्ममा विचलित नभईकन डटेर लागिरहेको छु । म निरन्तर रुपमा अहोरात्र ढँगबाट मेरो व्यक्तिगत जीवन, घर परिवार नभनिकन मेरो जीवन नै विश्वकर्मा हो । म जन्मिएकै यातायातकर्मकै लागि हो । विश्वकर्मा बाबाले पनि मलाई हौसला र शक्ति प्रदान गर्नुभएको छ भन्ने आध्यात्मिक विश्वास समेत संघालेको छु ।

यसरी मेरो जन्मको अर्थ नै विश्वकर्मा बाबाका लागि यातायात कर्मलाई पुजा गर्न नै हो । यातायात क्षेत्र भनेको विश्वकर्मा क्षेत्र हो । यो क्षेत्रलाई सुधार गर्नुलाई राज्यको ठूलो जिम्मेवार पदमा बसेर कर्म गर्नु भन्दा पनि ठूलो रुपमा लिएको छु ।

आजको यो पवित्र दिनमा विश्वकर्मा बाबाको पुजा गरिरहँदा र मेरो जन्मदिन समेत परिरहँदा म देशभरीका व्यवसायीहरुलाई अनुरोधका साथ विश्वस्त तुल्याउन चाहुन्छु कि अझ सशक्त शक्तिका साथ नेपालको यातायात क्षेत्रको विकास र उन्नतिको जगमा देशको आमुल परिवर्तन र समृद्धिको यात्रा अघि बढाउन अनवरत भूमिका खेलिरहनेछु ।

विश्वकर्मा बाबाबाट सबैको लगानी सुनिश्चित गर्न, मजदुर व्यवसायीहरुको उन्नति प्रगतिका लागि आशीर्वाद र प्रेरणा मिलिरहोस् । सडक र यातायातमा सुधार आउनु भनेको मुलुककै मुहार फेरिनु हो । विश्वकर्मा पुजा र मेरो जन्मदिनको यो पवित्र दिनमा प्रण गर्दछु कि म यही विश्वकर्मा कर्ममा लागेको छु, लागिरहेको छु र सँधै लागिरहनेछु । यसरी नै मेरो कर्म देश, समाज र जनताकै सेवामा समर्पण गरिरहन चाहन्छु ।

विश्वकर्मा पुजाकै दिन जन्मिएछु, म त यातायात कर्मको पुजारी नै बनेछु, बनिरहनेछु ।

नेपालको सार्वजिनक यातायात क्षेत्रको विकास र विस्तारका लागि धेरै कुरा गर्नुपर्ने छ । अधिकारसम्पन्न प्राधिकरणले मात्रै नेपालको यातायात क्षेत्रको उन्नति प्रगति हुन्छ । जसलाई लगानीमैत्री, मजदुर, कर्मचारीमैत्री बनाउन सकिन्छ, जसलाई यात्रु उपभोक्तमैत्री बनाउन सकिन्छ । समग्रमा नेपालको संघीय प्राधिकरण र प्रादेशिक प्राधिकरण नै भोलिको समृद्ध यातायात क्षेत्रको उपयुक्त विकल्प हो ।

काठमाडौँ उपत्यकाको अस्तव्यस्त यातायात र सवारी जामलाई कसरी व्यवस्थित गर्न आवश्यक छ । अहिले काठमाडौँ सवारी साधनको डम्पिङ साइटजस्तो भएको छ । यसलाई सार्वजनिक यातायातमैत्री बनाउन प्रविधिमैत्री बनाउनुपर्छ । दुर्घटना न्यूकीकरणका लागि जीपीएस प्रणाली र यात्रुको सुविधाका लागि अनलाइन टिकेटिङको व्यवस्था पनि हुन जरुरी छ । यसले एकातिर दुर्घटनाबाट हुन क्षति न्यूनीकरण गर्न सक्छ भने यात्रुहरु टिकटका लागि काउन्टरमा पुग्न जरुरी नहुने भएकाले अनावश्यक भिडभाड हुँदैन । यात्रुहरु लाइनमा बस्नु पर्दैन, कुनै विचौलियाबाट ठगिनु पर्दैन ।

२१औँ शताब्दीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा आज पनि हातमा टिकट दिने प्रणाली हामीकहाँ विद्यमान छ । चाँडवाडको बेला आउन लाडेको छ तर अहिले पनि लाइन लागेर टिकट काट्नुपर्ने अवस्था छ । जुन निकै दुर्भाग्य हो ।

अर्को महत्वपूर्ण विषय, काठमाडौँ, पोखरा, बुटवल लगायत मुलुकका सबै सहरका सवारीहरुमा पनि नगदरहित कारोबारमा जानुपर्छ । मुलुकको यातायात प्रविधिमैत्री नबनाएसम्म सुधार आउनेवाला छैन । २१औँ शताब्दीको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा आज पनि हातमा टिकट दिने प्रणाली हामीकहाँ विद्यमान छ । चाँडवाडको बेला आउन लाडेको छ तर अहिले पनि लाइन लागेर टिकट काट्नुपर्ने अवस्था छ । जुन निकै दुर्भाग्य हो । सरकारले पनि यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक ऐन, कानुन, नीति र कार्यक्रम के–के ल्याउनुपर्ने हो, त्यसलाई छिटोभन्दा छिटो ल्याउन जरुरी छ ।

आज विश्वकर्मा पूजाको दिन र सँगै मेरो जन्मदिनको दिन म यही कामना गर्छ चाहन्छु कि मेरो जीवनको सम्पूर्ण जवानी यातायात क्षेत्रमा बितेको छ । तर, म यातायात क्षेत्रमा जति लागेको छु, आफै पनि सन्तुष्ट भइरहेको छैन । म सन्तुष्ट त्यही दिन हुन्छु, जुन दिन नेपालको सार्वजनिक यतायात सहज, यात्रुमैत्री, दुर्घटना न्यूनीकरण आरामदायी यात्रा हुन्छ भन्ने वातावरण सिर्जना हुन्छ । त्यसबेलासम्म म निरन्तर लागिरहनेछु । देशभरिका सबै यातायात व्यवसायीलाई गोलबद्ध गर्नेछु ।

मजदुरहरुको रोजीरोटीलाई ग्यारेन्टी गर्ने सोचका साथ म अगाडि हिंडिरहेको छु । यात्रुमैत्री र उपभोक्तमैत्री वातावरण बनाउन अनवरत रुपमा खट्नेछु । आज मेरो जन्म दिन, विश्वकर्मा पूजाको दिन, म देशभरिका यायतायात व्यासायी र सरोकारवालासँग आग्रह गर्नु चाहन्छु कि आउनुहोस्, नेपालको सार्वजनिक यातायातलाई प्रविधिमैत्री र यात्रुमैत्री बनाउन कटिवद्ध बनौँ ।

विश्वकर्मा बाबाकी जय !!