काठमाडौँ – हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल–२ शाखालाई स्थानान्तरण गरेको छ ।


ADVERTISEMENT


बैँकले चाबहिलको उक्त शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स,बालुवाटारबाट बिहीबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । जस अनुसार अब बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरिने भएको हो ।


ADVERTISEMENT

# # #


उक्त शाखाको शुभारम्भ बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी एइक् त्भचmष्लबकि र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैँकिङ्क सेवा प्रदान गर्दै आएको छ ।