काठमाडौं- नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनले पदभार ग्रहण गरेका छन् ।
मंगलबार शितल निवासमा पदभार ग्रहण गरेपछि सिंहदरबारस्थीत मन्त्रालय पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्ने क्रममा उनले मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।
आफुले नेतृत्व सम्हालेको मन्त्रालय नयाँ भएकाले मन्त्रालयको व्यवस्थापनका लागि ओएनएम सम्बन्धी निर्णयमा हस्ताक्षर गरेको उनले जानकारी दिएका छन् । विज्ञान प्रविधिको विकासको लागि छिटो गतिमा काम गर्ने उनले बताएका छन् । त्यस्तै उनले सरकारको कार्यकाल ५ बर्ष भएपनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने स्पष्ट पारेका छन्।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा राम्रो आधार तयार गरेपछि युवाहरुलाई हस्तान्तरण गर्ने उनको भनाइ छ । मन्त्री पुन यसअघिको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका थिए, भने हाल नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त भएका छन् ।


























































