काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानलाई समयानुकूल परिमार्जन गरी थप परिष्कृत रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए ।


ADVERTISEMENT


संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्र्कीले हालैको जेन्जी आन्दोलनको भावना र चाहना अनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने धारणा राखे । उनले आवेश र उत्तेजना भन्दा माथि उठेर राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल, नागरिक समाज र आम नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री कार्र्कीले युवाहरूले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मागलाई उचित र सान्दर्भिक बताउँदै प्रदेश सरकार संविधानको पालना, कानुनी शासन र पारदर्शिता कायम गर्न कटिबद्ध रहेको स्पष्ट पारे ।