काठमाडौं– कारोबार हुने साताको पहिलो दिन आज बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला २ लाख १७ हजार १ सय र प्रति १० ग्रामको सुनको मूल्य १ लाख ८६ हजार १ सय ३० पुगेको जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर प्रति तोला २ हजार ६ सय २० र प्रति १० ग्राम २ हजार २ सय ४६ रुपैयाँ पुगेको छ।

शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख १६ हजार र चाँदी प्रति तोला २ हजार ५ सय ८० मा कारोबोर भएको थियो।