काठमाडौं– विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् । असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल ९९९ मा प्राप्त गर्न सक्नेछन् ।
यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”
रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया २,४९९ पर्ने रेडमी बड्स ५ए केवल ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।
यो विशेष अफर कार्तिक १४ सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।


























































