काठमाडौं– जबरजस्ती करणी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुमित शाह, अशिल श्रेष्ठ र प्रबेस मल्ल रहेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोमा भानु नगरपालिका ३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका घर भएका ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सुमितले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसेगरी, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रामपुर नगरपालिका ५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका ४ दधरान बस्ने २० वर्षीय प्रबेस मल्ललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


























































