काठमाडौं- सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेकाले फिर्ता लिनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौ, देशको सीमा र स्वाभीमान हाम्रो प्राण, हाम्रो भूमि हाम्रो शान लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका छन् । त्रिचन्द्रका विद्यार्थी मनोज भण्डारीले नेपालका प्रधानमन्त्रीले संसदमा देशको गरिमा बिपरित सीमा सम्बन्धी अभिव्यक्ति दिएकाले विरोध जनाएको बताएका छन् ।
उनले प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म आफुहरुको आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।