काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा विशेष छुट पाइने भएको छ । जसका लागि कम्पनीले डेन्टलसँग सहमति गरेको हो ।
सहमति अनुसार कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीले ओम कपन डेन्टलमा स्केलिङमा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएका छन् । यस्तै अन्य सेवामा (चेकअप तथा उपचार सेवा) २५ प्रतिशत छुट पाइने भएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।


























































