काठमाडौं – सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हगाएको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यको सरुवा गर्ने निर्णय गरेको हो ।
उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । जस अनुसार शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार उनीहरुको पदावधि ४–४ वर्ष रहनेछ । गत चैत्रमा केपी शर्माओलीको सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई कार्यकारी निर्देशक बनाएका थियो ।
तर, भदौ २३–२४ गते भएको जेन–जी आन्दोलनपछि उर्जामन्त्री बनेका घिसिङले शाक्यलाई हटाएका हुन् ।


























































