काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख १७ हजार ८ सयमा खरिद बिक्री भइरहेको जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला २ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


























































