राहुल गुप्ता, बारा– रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ४३ करोड ६१ लाख २६ हजार १७ रुपैयाँ १७ पैसाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।


ADVERTISEMENT


गाउँपालिकाको गंगापिपरास्थित कार्यालयमा आयोजित नवौं गाउँसभामार्फत बजेट प्रस्तुत गरिएको हो। प्रमुख प्रशासनिक अधिकृत नवीन कुमार वास्तवले सार्वजनिकरण सभामा बजेट प्रस्तुत गर्दै बजेट शीर्षकअनुसारको विस्तृत विवरण अब गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत पनि सहजै हेर्न सकिने जानकारी दिए।


ADVERTISEMENT

# # #


गाउँपालिका अध्यक्ष शम्भू सिंह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष सुरेश चौधरी, डी.के.झा, रमानन्द यादव, धर्मनाथ चौधरीलगायत कार्यपालिका सदस्य, वडा सदस्य तथा विभिन्न स्थानीय भद्रभलाको उपस्थिति रहेको कार्यक्रममा बजेटमा प्राथमिकता प्राप्त कार्यक्रमहरू, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षासम्बन्धी योजनाहरू समेटिएको जानकारी दिइयो।

अध्यक्ष सिंहले गाउँपालिकाले स्थानीय जनताको सक्रिय सहभागिता र सुझावका आधारमा नीति तथा कार्यक्रम तयार पारेको उल्लेख गर्दै, “सुझावहरूको कार्यान्वयन र अनुगमनमार्फत बजेटलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता लिएका छौँ,” भने ।

गाउँपालिकाले बजेट सार्वजनिकसँगै आगामी वर्षका योजना तथा कार्यक्रमहरूमा सबै नागरिकको सहभागिता र पारदर्शिता सुनिश्चित गरिने जनाएको छ।