काठमाडौं– शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको हो ।


ADVERTISEMENT

# # #


इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । त्यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो । घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसैगरी देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । अझै ३ जना बेपत्ता छन् । १ जनालाई सकुशल उद्धार गरिएको छ ।

फाकफोकथुम गाउँपालिका–३ रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यसैगरी माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।