काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्।


ADVERTISEMENT


प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट मनोजकुमार लाल कर्णले सोमबार राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले कर्णको राजीनामा स्वीकृत गर्दै दाहाललाई मंगलबारदेखि लागू हुने गरी निमित्त सीईओमा नियुक्त गरिएको हो।


ADVERTISEMENT

# # #


कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्को सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन्।

सीईओ कर्णले पेसँगत अभिकर्ता संघले न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ कायम गर्नुपर्नेलगायतका माग अघि सार्दै व्यवस्थापन तथा सञ्चालक समितिलाई दबाब दिएपछि माग पूरा गर्न सम्भव नभएको भन्दै पदबाट राजीनामा दिएका हुन्।