काठमाडौं– अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।


ADVERTISEMENT


जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता सुरु भएसंगै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध रिट दायर भएको हो । संसद बिघटनबिरुद्ध मंगलबार आधा दर्जन बढि रिट दायर भएको सर्वोच्च अदालतले जनाएको छ ।


ADVERTISEMENT

# # #


सर्वोच्चमा दायर भएका रिटहरुमाथि अध्ययनगरि प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ । रिट दायरकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलले संसद् विघटन संविधानको मर्म, भावना र सर्वोच्च अदालतबाट स्थापित नजिरको विरुद्धमा रहेकाले असंवैधानिक रहेको बताए ।

उनाले संसद भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने परिकल्पना संविधानले नगरेकाले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक रहेकाले बदरको माग गरिएको जानकारी दिए । वर्तमान सरकार कामचलाउन सरकार भएकाले दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश पनि माग गरिएको उनले बताए ।