जनकपुरधाम – प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् ।


ADVERTISEMENT


मन्त्री यादवले बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान, स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम, माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले कृषि, सिचाइ, पर्यटनका साथै रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको बताए । बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनर्स्थापना कोष स्थापना गर्ने, उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने, महिला हिंसा, बलात्कार, दाइजोप्रथा रोक्न, बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।