काठमाडौं– काठमाडौँ महानगरपालिका वडा नंवर २६ ले डिजिटल ठेगाना प्रणालीको शुभारम्भ गरेको छ । वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ २६ नंवर वडाले बुधबारबाट प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले लैनचौरस्थित वडा कार्यालयमा डिजिटल ठेगाना प्रणाली जडान गर्दै प्रणालीको शुभारम्भ गरे । नयाँ डिजिटल ठेगाना प्रणालीले वडाभित्रका सबै घरको विस्तृत विवरणको जानकारी प्राप्त गर्न सकिने तिवारीले बताए ।


ADVERTISEMENT

# # #


उनले पहिला म्याट्रिक्स प्रणालीबाट घर नम्वर दिइने गरेकोमा अव नियर फिल्ड कम्युनिकेसनका आधारमा डिजिटल ठेगाना प्रणाली लागू गरिएको धारणा राखे ।

उनले कार्तिक महिनाभित्र वडाका सवै घरमा डिजिटल ठेगाना बितरण गरिने जानकारी दिए । उक्त प्रणाली जडान गरेसँगै वडाभित्र विपद् व्यवस्थापन तथा राजस्व सङ्कलन प्रभावकारी गर्न सकिनुका साथै वडास्तरीय योजना तर्जुमा गर्न समेत सहयोग पुग्ने बताइएको छ ।