एजेन्सी – पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन–जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गरेका छन् ।


ADVERTISEMENT


अधिकारीहरूका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन् । प्रहरीले प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र एक प्रदर्शनकारीको हत्याको अनुसन्धान गरिरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


“मेरो कर्तव्य देशको स्थिरता कायम राख्नु होस यो मेरो जिम्मेवारी र प्रतिबद्धता हो”, राष्ट्रपतिले पेरुको संसद् भ्रमणपछि स्थानीय सञ्चारमाध्यमसँग भने । उनले अपराध नियन्त्रणका लागि संसद्सँग थप अधिकार माग्ने तयारीमा रहेको पनि बताए ।

युवाहरूका लागि राम्रो पेन्सन र तलबको माग गर्दै सुरु भएको विरोध प्रदर्शनले पछिल्लो एक महिनामा भ्रष्टाचार, अपराध र शासनप्रतिको मोहभङ्गबाट थकित पेरुवासीहरूको आक्रोशको रूप लिँदै गएको छ ।

अक्टोबर १० मा पदभार ग्रहण गरेका जेरी हालका सातौँ राष्ट्रपति हुन् । उनलाई प्रदर्शनकारीहरूले तत्काल राजीनामा दिन र संसद् विघटन गर्न आग्रह गरेका छन् ।