काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाका लागि बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुको असोज महिनाको तुलनामा कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटेको देखिन्छ।


ADVERTISEMENT


नेपाल बैंकर्स संघका अनुसार देशमा संचालित २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन्।


ADVERTISEMENT

# # #


असोज महिनामा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२० प्रतिशत कायम भएको छ।

एनआईसी एशिया बैंकको व्यक्तिगतमा ५.७५ प्रतिशत र संस्थागतमा ४.५ प्रतिशत ब्याजदर रहेको छ । नेपाल बैंक लिमिटेडको स्थिर — व्यक्तिगत ५.२५ प्रतिशत संस्थागत ३.२५ प्रतिशत, प्रभु बैंकको व्यक्तिगत ४.९५ प्रतिशत, संस्थागत २.७५ प्रतिशत ९पहिले ५.३५ प्रतिशत र ३.२५५ प्रतिशत, एभरेष्ट बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत ४ प्रतिशत (पहिले ५.२५ प्रतिशत र ४.२५ प्रतिशत, सिटिजन्स इन्टरनेशनल बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत ३ प्रतिशत (पहिले ५.२५ प्रतिशत र ३ प्रतिशत) रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगत ५.५ प्रतिशत, संस्थागत ४ प्रतिशत, सानिमा बैंकको व्यक्तिगत ५.प्रतिशत १४ प्रतिशत, संस्थागत ३.४ प्रतिशत (पहिले ५.२५ प्रतिशत र ३.५ प्रतिशत), प्राइम कमर्सियल बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत २.७५ प्रतिशत (पहिले ५.५ प्रतिशत), नेपाल एसबीआई बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत ४ प्रतिशत (पहिले ५.१८ प्रतिशत र ४.१८ प्रतिशत),ग्लोबल आइएमई बैंकको स्थिर व्यक्तिगत ६ प्रतिशत, संस्थागत ४.२५ प्रतिशत, सिद्धार्थ बैंकको स्थिर व्यक्तिगत ५.५ प्रतिशत, संस्थागत ४प्रतिशत, एनएमबी बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत ४ प्रतिशत (पहिले ६ प्रतिशत र ५ प्रतिशत) पुगेको छ ।

हिमालयन बैंकके व्यक्तिगत ६ प्रतिशत, संस्थागत ४.५ प्रतिशत, कृषि विकास बैंकको व्यक्तिगत ४.९५ प्रतिशत, संस्थागत २.७५ प्रतिशत, माछापुच्छ्रे बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत ३ प्रतिशत, कुमारी बैंकको स्थिर व्यक्तिगत ५.०१ प्रतिशत, संस्थागत ४.०१ प्रतिशत ब्याजदर रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत २.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत ५ प्रतिशत, संस्थागत ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगत ५ प्रतिशत संस्थागत ४ प्रतिशत, नबिल बैंकको व्यक्तिगत ४.९५ प्रतिशत, संस्थागत ३.९२ प्रतिशत ब्याजदर रहेको छ ।