काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ ।


ADVERTISEMENT


ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ ।


ADVERTISEMENT

# # #


कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता शेयर रु चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएकामध्ये आज २२ कम्पनीको मात्रै शेयर मूल्य वृद्धि भएको छ । नेप्सेका अनुसार, २३९ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीको भने कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर शीर्ष स्थानमा छन् ।

आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्टग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीले भने गुमाएका छन् ।