काठमाडौँ – नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा शान्ति सुरक्षा गर्नका लागि आवश्यक सहजीकरण मात्रै गरेको स्पष्ट पारेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनपछि तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहलता मात्रै लिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा नेपाली सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने भन्दै तत्कालिन परिस्थीतिमा शान्ति सुरक्षा कायम गर्न आवश्यक पहलता मात्रै लिएको बताए । स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास र आन्दोलनलाई सहयोग पु¥याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने उनले बताए ।
उहाले भाद्र २४ गते राती स्थीति सेनाले सामान्य पार्न जे प्रयास गर्यो, त्यो नगरेर विश्वमा अहिले विभिन्न ठाउँमा देखिएका अन्य मोडलहरू अनुसार कुरा अगाडि बढेको के हुन सक्थ्यो भन्दै प्रश्न गरे । तत्कालिन अवस्थामा शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न सेनाले अपरिहार्य सम्झेको उनले बताए ।
भौतिक सुरक्षाको दाजोमा मानवीय सुरक्षा मुख्य रहेकाले त्यसलाई ममन गरेर नै सेनाले आश्वयक कदम चालेको उनको भनाइ छ । थापाले अझै पनि आन्दोलनमा लुटिएका ९ सय ७८ हतियार मध्ये ५८६ हतियारमात्रै फिर्ता रहेको अवस्थामा सुरक्षा चूनौति कायम रहेको र यसले निर्वाचनलाई समेत असर पार्न सक्ने धारणा राखे ।
सेनाले जेनजी आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजि निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दल पार्टी कार्यालउ र ३०७ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको जनाएको छ ।



























































