काठमाडौँ – उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन् ।
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालमा तोडफोड गरेका हुन् ।
मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहारका साथै लाठीचार्ज गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
उपचारका क्रममा आफ्ना विरामीको मृत्यु भएको बिषयमा अस्पताल प्रशासनसंग छलफल गर्न खोज्दा गैरजिम्मेवारीपूर्वक व्यवहार भएको आफन्तहरुले आरोप लगाएका छन् ।


























































