काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर पूजा अर्चना गरेकी छन् ।


ADVERTISEMENT


सोमबार अपरान्ह प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर पूजा अर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अघ्र्य समेत दिएकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीले कमलपोखरीमा स्वागत गरेका थिए । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँएको छ ।