काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपाललाई जित दिलाउने क्रममा सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाइन् । यस्तै उनले ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । घरेलु टोली भारतले ८१औं मिनेटमा गोल फर्कायो । भारतका लागि करिषमा श्रीरभोइकारले गोल गरिन् ।


ADVERTISEMENT

# # #


यसअघि पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो । यता इरानले भारतलाई समेत पराजित गरेपछि सिरिजको उपाधि इरानले कब्जा गरेको थियो ।