काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो खेलमा नेपाल पराजित भएको छ ।


ADVERTISEMENT


युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट २३३ गुमाउँदै रन बनायो । २३४ रनको सामान्य चुनौती पच्छ्याउँदै मैदान उत्रिएको युएईले आक्रामक ब्याटिङ देखाउँदै ४३.३ ओभरमै ५ विकेट गुमाउँदै जित हात पारेको हो । युएईको जितका लागि ओपनर आर्यांश शर्माले शानदार ब्याटिङ गरे । शतक बनाउनबाट २ रनले चुकेका उनले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ९८ रन बनाए । यस्तै विष्फोटक ब्याटिङ गरेका अलिशान सफारुले ४५ रन जोडे ।


ADVERTISEMENT

# # #


त्यसक्रमम २६ बलमै ६ चौका र ३ छक्का हानेका उनले आर्यांशसँग मिलेर पहिलो विकेटका ८.२ ओभरमा ६३ रनको साझेदारी गरेपछि खेल नेपालको हातबाट बाहिरिएको थियो । जसपछि नेपालले खेलमा फर्किने मौका पाएन । त्यसपछि आएका मोहम्मद वासिमले २६, ध्रुव परासरले नटआउट १९ तथा राहुल चोपराले १५ रन बनाउँदा हर्षित कौषिकले १३ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए भने करण केसी, दीपेन्द्रसिंह ऐरीका नाममा १–१ विकेट रह्यो ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय पारी खेले पनि युएईलाई चुनौतीपूर्ण लक्ष्य दिन नेपाल असफल भयो । एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत दोस्रो शतक हानेका रोहितले १३० बलमा ५ चौका र २ छक्काको मदतमा १०९ रन बनाए ।

यस्तै आशिफ शेखले ४८ बलमा ४ चौकाको मदतमा ३५ रन जोडे भने आरिफ शेख २७ र दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए । यस्तै करण केसीले ८ बलमा १ चौका र १ छक्कासहित १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ युएईका लागि जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । त्यसक्रममा उनले ६ ओभरमा ४१ रन खर्चिए । यस्तै जुनैद सिद्धिकले सर्वाधिक ३ विकेट लिए भने हैदर अली र मोहम्मद रोहिदले १–१ विकेट बाँडे ।

पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपालले तेस्रो खेल पुनः अमेरिकासँग शनिबार खेल्दैछ ।