काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जनाएको छ ।


ADVERTISEMENT


आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७ सयरुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


तर, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५ घटेर ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।