भक्तपुर – देश अहिले चुनाव र संवैधानिक सङ्कटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरुले बताएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा नेताहरुले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएकाले यसका लागि सरकारले तोकेको समयमा निर्वाचन गराउनुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान र देशको जटिल अवस्थाबाट स्थायित्वमा लैजान निर्वाचनमा जानु नै उत्तम भएको धारणा राखे ।

पूर्वसामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती न्यौपानेले गणतन्त्र ल्याउन ज्यान दिन अगाडि सर्नेहरुमै अहिले संवेदनशीलता हराएको टिप्पणी गरे । उहाँले दलहरू आरोप–प्रत्यारोपमा अल्झिएर बस्नुभन्दा निर्वाचनमा गएर निकास निकाल्नुपर्ने बताए ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले हालको राजनीतिक अस्थिरता, जेन्जी आन्दोलन र विदेशी हस्तक्षेपका घटनालाई देशभक्तिपूर्ण दृष्टिकोणले मूल्याङ्कन गर्दै निर्वाचनबाट अगाडि गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको बताए ।