काठमाडौं– कारोबार हुने साताको चौथौ दिन बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार १०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँ घटेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।



























































