काठमाडौं– कारोबार हुने साताको पहिलो दिन आइताबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


























































