काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यले दिएको जिम्मेवारी पूरा गरेर जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म रहेको बताए ।
सिन्धुलीगढीमा आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा प्रमुख आतिथ्यतामा उपस्थित भएका मुख्यमन्त्री बानियाँले सेवा सुविधा नलिई राजनीति गर्नुपर्छ भन्ने होइन, तर राज्यले दिएको जिम्मेवारी पूरा गरेर जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म रहेको बताए ।
मुख्यमन्त्री बानियाँले गणतन्त्रलाई जनताको अधिकार र सहभागितामाथि आधारित व्यवस्थाको रूपमा बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले थपे, “राजनीतिमा नाफा–नोक्सान हुँदैन, त्यहाँ न्याय वा अन्याय मात्र हुन्छ। जसले अन्याय गर्छ, उसले सजाय भोग्नैपर्छ।”
उनले राज्यका सेवा सुविधा व्यावसायिक ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले व्यवसायीक रुपमा सु संगठीत भएर निजामती कर्मचारीहरु, नेपाली सेना र नेपाल प्रहरीले व्यवसागी प्रदशन गर्ने र आफुले गरेको सेवा सुविधाबाट आफ्नो जीवनयापन गर्न राज्यले तोकिएको बताए ।
इतिहासको सन्दर्भ दिंदै उनले नेपाल एकीकरणका क्रममा विभिन्न सम्प्रदाय र क्षेत्रहरूलाई एउटै सूत्रमा बाँध्ने काम हिजोको आवश्यकता भएको उल्लेख गर्दै अहिलेको आवश्यकता समावेशीता र सहकार्य भएको बताए।
नयाँ पुस्ताको अपेक्षा बारे कुरा गर्दै मुख्यमन्त्री बानियाँले भने, “अहिलेको पुस्ताले जेन्जी आन्दोलनजस्तो विद्रोह होइन, पारदर्शिता, सुशासन र समयमै सूचना पाउने अधिकार खोजेको हो। यदि हामी समयमा सुधारिएनौं भने जनता पुनः विद्रोह गर्न बाध्य हुन सक्छन्।”
नयाँ पुस्ताको माग र सोचबारे बोल्दै मुख्यमन्त्री बानियाँले भने, “अहिलेको पुस्ताले जेन्जी आन्दोलन होइन, सुशासन र पारदर्शिता खोजेको हो। यदि हामी समयमा सुधारिएनौं भने परिस्थितिले अर्को रूप लिन सक्छ।” “आज निर्णय गरे भोलि किन कार्यान्वयन हुँदैन भन्ने प्रश्न उठेको छ। जनताको अपेक्षा पूरा नभए उनीहरू विद्रोह गर्न बाध्य हुन्छन्।”
उनले निजामती कर्मचारी र सुरक्षानिकाय दुवैलाई आफ्नो कार्यान्वयन जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिए। साथै, उनले बिपी राजमार्गलाई छोटो बनाउन सकिने सम्भावनाबारे पनि उल्लेख गरे।
कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले व्यावसायिक प्रदर्शन गर्दै आफ्नो सेवा र समर्पण प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय प्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको थियो।


























































