काठमाडौं– सुन–चाँदीको मूल्य फेरी बढेको छ । बुधबारको तुलनामा आज एक सुनको मूल्य तोलामा ५ हजार ९०० ले वृद्धि भएको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


आज चाँदी तोलामा १७० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।