काठमाडौं– काठमाडौं महानगरले लैनचौरस्थीत नेपाल स्काउटको जग्गामा बनाइएका संरचनामा डोजर लगाएको छ ।
नेपाल स्काउटको जग्गामा लैनचौर व्याङ्केट सञ्चालन गर्दैै आएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसंगले वक्तौता भुक्तान नगरेपछि महानगरले डोजर चलाएको हो ।
उक्त जग्गा पूर्वमन्त्री दीपक खड्का संचालक रहेको कम्पनीले २०६५ सालमा दश बर्षका लागि भाडामा लिएको थियो । सम्झौताको अवधि २०७५ सालमा समप्त भएपनि कम्पनीले जग्गा फिर्ता नगरेपछि विवाद कम्पनी र स्काउटबीचको विवाद विवाद अदालतसम्म पुगेको थियो ।
अदालतले स्काउटका पक्षमा फैसाल गरेपनि कम्पनीले जग्गा नछाडेपछि पछिल्लो समय महानगरले सात दिनको अल्टिमेटमसहितको सूचना प्रकाशित गरेको थियो ।
तोकिएको समयभित्र वक्यौता भुक्तानी र जग्गा खाली नभएपछि बिहीबार महानगरले डोजर चलाएर संरचना भत्काएको हो ।


























































